तेरिया मगर घर रुपन्देही जिल्लाको रुद्रपुरमा पर्छ।उनले आफ्नो नृत्य बाट नेपाल र भारत बाट धेरै उपाधि जितिसकेकी छिन्। उनी सानै उमेर बाट नृत्यको अभ्यास गर्दै आएकी थिइन् । सन् २०१४ मा चर्चित भारतीय रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’को विजेता बनेकी तेरिया त्यस लगतै उनी फेरी अर्को भारतीय रियालिटी सो ‘झलक दिखला जा’मा समेत विजेता बनिन् । मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जिते पछि उनी निकै चर्चामा आइन् । लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् ।
तेरिया भविष्यमा कोरियोग्राफर बन्न चाहन्छिन् । अभिनयलाई पनि अगाडि बढाउन चाहन्छिन् । केही समय भारतमै करिअर बनाउने सोचमा छिन् उनी । १४ वर्षे उमेरमा डान्स इन्डिया डान्सको उपाधि जितेकी उनी अहिले १८ वर्षे जवान भएकी छन्। उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । हामीले क्युट डान्सर तेरिया मगरको सामाजिक सञ्जाल बाट केही उनका सुन्दर तस्बिर लिएका छौ । हेर्नुहोस् तस्विरहरूः