नयाँ शक्तिका पार्टी अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले फिल्म ‘जय भोले’ हेरेका छन् । जय भोले प्रति धेरै अपेक्षा नभएपनि हेर्दै जाँदा मन परेको बाबुराम र हिसिलाले बताए । सुन्धारास्थित सिभिल मलमा शनिबार बाबुराम र हिसिहले जय भोले हेर्न पुगेका थिए ।
जय भोले मा उठाइएको धनी र गरिब परिवारका दुई युवाको मित्रताको कथाले आफुहरुलाई छोएको उनीहरुको भनाई थियो । पत्नी यमीले पनि आफुलाई फिल्मको कथा र मेकिङ निकै मन परेको बताइन् । ‘जय भोले जस्तो टिपिकल गाँउले परिवेशको फिल्म बन्नु पर्छ’, यमीले भनिन् ।
अशोक शर्माको निर्माण तथा निर्देशन रहेको ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामांग लगायतको अभिनय रहेको छ । फिल्मले दुई सातामा आफ्नो लगानी सुरक्षित गर्न सफल भएको छ । ‘जय भोले’ अझै पनि प्रदर्शनरत छ ।