गोलमान गुरुङ –
गुरुङ सोसाइटी केन्ट युकेले गत शनिबार २९ सेप्टेम्बर २०१८ का दिन भब्य रूपमा खुल्ला युवा बास्केटबल प्रतियोगिता आयोजना गरेको थियोे । बेलायतमा “फुलै फुलको बगैचा” भनेर चिनिने केन्टको रमणीय स्थल आशफोर्डको जोन वालिस हलमा आयोजित उक्त बास्केटबल प्रतियोगितामा सबै बर्गका ब्याक्तित्वहरुको बाक्लो सहभागीता रहेको थियो ।
उक्त प्रतियोगितामा ८ समुहले भाग लिएका थिए ।युवाहरुको बिशाल सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम हुन सफल भएका साउथ आशफोर्ड टिमले ५०० पाउन्ड नगद पुरस्कार अनि जी.एस.के. कप साथै अति आकर्षक मेडलहरु र द्वितीय हुने टिम बालर्स स्लामर्सले पनि ट्रफी र आकर्षक पुरस्कारहरु संस्थाका अध्यक्ष बल राम गुरुङले प्रदान गरेका थिए ।
उक्त प्रतियोगिताको संचालन खेलकुद संयोजक होम गुरुङ साथै युवा संयोजक सन्जय गुरुङ र सन्दीप गुरुङले गरेका थिए । प्रतियोगितालाई सफल पार्नको लागि संस्थाका सदस्यहरु बाट खेलको लागि धेरैको संख्यामा आर्थिक सहयोग गरेका थिए । बाक्लो संख्यामा भान्जा भान्जीहरुको उपस्थिती रहेको उक्त प्रतियोगिता प्रतिस्पर्धात्मक, उच्चस्तरिय र अनुशासित ढंगले खेल प्रदर्शन गरि युवा खेलाडीहरुले उपस्थित सबै जनाको मन जित्न सफल भएका थिए ।
प्रतियोगिताको अन्तमा गुरुङ सोसाइटी केन्ट युकेका अध्यक्ष बल राम गुरुङले दोश्रो बर्ष पनि खेल भब्य र सब्यका साथ सफल भएकोमा खुशी व्यक्त गर्दै उपस्थित सम्पुर्ण युवाहरुलाई हौसला दिदै युवाहरुको उज्ज्वल भबिस्यको कामना सहित दोश्रो पटक पनि बास्केटबल प्रतियोगिता सफलता पुर्बक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उपस्थित सम्पुर्ण अभिभावक र भान्जा भान्जीहरु लाई धन्यवाद दिए ।