भनिन्छ यो ग्लामरको दुनियाँमा प्रेम , बिवाह , ब्रेकअप र डिभोर्स कतिबेला हुन्छ भन्ने कुनै भरोसा हुँदैन । चाहे हलिउड होस , बलिउड होस या कलिउडका सेलिब्रेटीको सम्बन्ध हेर्दा पनि यस्तै देखिन्छ । यसबीचमा लामो समय प्रेम सम्बन्धमा रहेका नायक सलोन बस्नेत र करिश्मा श्रेष्ठबीच पनि ब्रेकअपको खबर यतिबेला सिनेबृतमा गसिपको रुपमा आईरहेको छ ।
लभसबमा एकसाथ काम गरेपछि प्रेम सम्बन्धमा परेका यी दुईको ब्रेकअप भने पहिलो पटक भनको भने होईन । यसअघि पनि सलोन र करिश्माबीच ब्रेकअप भएको थियो । करिश्मा स्वंयमले अन्तरवार्तामा आफुहरुबीच ब्रेकअप भईसकेको स्वीकार गरेकी थिईन् । तर नेपाल फर्किएपछि यी दुईको फेरी प्याचअप भयो । त्यसपछि संगै बाबु कान्छामा एकसाथ काम पनि गरे ।
बीचमा आफनो प्रेम सम्बन्धलाई औपचारिकता नदिएका उनीहरुले फिल्मको प्रमोसनताका भने बल्ल खुलेका थिए । सलोनले भने यस पटक भने आफुहरुबीच प्याचअपको कुनै सम्भावना नरहेको बताएका छन् । झगडा पर्ने बित्तिकै ब्रेकअप गर्ने सलोन र करिश्माको लभ पनि भाँडाकुटी खेलेको जस्तो…
सलोन र करिश्माको लभ भाँडाकुटी खेले जस्तो…..
