‘शत्रु गते’ पछि तीन महिना ब्रेक लिएर बसेका लोकप्रिय नायक पल शाह यतिबेला आफनो नयाँ फिल्मको वर्कसपमा व्यस्त छन् । युवा पुस्ताका नायकहरुको बोलवाला रहेको यस समय सिनेमा क्षेत्रमा पल शाहको क्रेज पनि कम छैन । म्युजिक भिडियो हुँदै ‘नाई नभन्नू ल ४’ माफर्त सिनेमाको ठुलो पर्दामा भित्रिएका नायक हुन उनी ।
दाङबाट पढ्नको लागि काठमाडौँ छिरेका पलले सुरुवाती दिनमा कम संघर्ष गरेनन् । काठमाडौँको महंगी र कष्टकर जीवनकाबीच उनले खर्च धान्न नै नाईटमा ट्याक्सी चलाउँनको खातिर ड्राभिङ पनि सिके । तर १८ बर्ष नपुगेको कारण लाइसेन्स नपाउँदा त्यो काम पनि गर्न नसकेको उनले हालै एक अन्तरवार्तामा बताएका छन् ।
कुनै समय नेपाल आर्मी बन्ने सपना बुनेका पलले त्यसपछि भिडियो एडिटिङलाई नै सिक्दै निरन्तरता दिईरहेका उनलाई यही कामले नै आज नेपालको चर्चित नायकको दर्जामा उभ्याएको छ । भिडियो एडिटिङ गर्दे भिडियोमा अभिनयसमेत गरेका उनले अहिलेसम्म ८०० को हाराहारीमा भिडियोमा काम गरिसकेका छन् ।
सम्भवत सोही कारण पनि उनले आजसम्म पनि भिडियो मोहलाई त्याग्न सकेका छैनन् । डेब्युसंगै म यस्तो गीत गाउँछु , जोनी जेन्टम्यान र शत्रु गते जस्तो फिल्ममा काम गरिसकेका पलले फिल्ममा पनि राम्रो पारिश्रृमिक लिन्छन् भने म्युजिक भिडियोमा उनी सर्वाधिक महंगा नायक हुन जसमा उनले १ लाख २० हजार देखि १ लाख ३० हजार सम्म डिमाण्ड गर्ने गर्छन् ।
बिना फिल्मी व्याकग्राउण्ड पलले आज जुन चर्चा र सफलता पाएका छन् त्यो पक्कै पनि प्रशंसनिय छ । तर उनकै प्रतिष्पर्धीकै रुपमा हेरिने अनमोल केसी र प्रदिप खड्काले लगातार फिल्म दिँदा र महंगो भन्दा महंगो पारिश्रृमिक लिएर नयाँ नयाँ फिल्ममा आवद्ध भईराख्दा पललाई पनि छिटो भन्दा छिटो एउटा जबरजस्त हिट फिल्मको आवश्यकता छ ।