दर्शकमाझ बिन्दास अन्जादको कारण सधै चर्चामा र लोकप्रिय बन्न सफल भएकी नायिका हुन पुजा शर्मा । ‘थ्री लभर्स’ बाट आफनो अभिनय यात्रा सुरुवात गरेकी पुजाले मधुमासबाट सोलो नायिकाको रुपमा डेब्यु गरेकी हुन् । टिभी , म्युजिक भिडियो हुँदै नायिका बन्दै सफल निर्मात्रीसमेत बनेकी पुजाले सुरुवाती दिनमा सफलताका लागि निकै कुर्नु परेपनि प्रैेम गीतको सफलताले उनलाई रातारात स्टार बनाईदियो ।
प्रेम गीतपछि दर्शकको माया र केही आलोचनाबाट घेरिएकी पुजाले आत्मविश्वास बोक्दै फिल्म निर्माण समेत गर्न सकिन् । प्रेम गीतपछि आएको बिवादपछि नै मैले पनि केही गर्नुपर्छ भन्ने भान पलाएको उनी आफै स्वीकार गर्छिन् । पुजा नेपाली सिनेमा क्षेत्रकी एक मात्र यस्ती नायिका हुन जसको फिल्ममात्र होईन अन्तरवार्ताहरुसमेत य्ट्युवमा सर्वाधिक हेरिन्छ ।
आफनो करियरका लागि पुजाले निकै संघर्ष गरेकीछिन् उनको त्यो संघर्ष निजी जीवनमा पनि उतिकै छ । धेरैलाई थाहा नहुन सक्छ की दर्शकमाझ सधै बिन्दास देखिने पुजालाई छोरी भएकै कारण बुवाबाट अलग्गिनु परेको थियो । हालै पत्रकार ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा बुवाको बारेमा बोल्दा उनी निकै भावुक बनेकी थिईन ।
आँखाभरी आँसु बोकेर उनले परिवारलाई छोरा चाहिएको कारण आमाले नै आफनो भबिष्यका लागि काठमाडौँ लिएर आएको उनले बताईन् । यति भनिरहँदा पुजा बोल्नै सकिनन् । छोरी भएर हेला भएकै कारण हिम्मतका साथ अगाडी बढेर आफु आज यो स्थानमा आएको उनको तर्क छ । उनी भन्छिन् “मेरो आमालाई भए जस्तो अरुले भोग्न नपरोस त्यसैले कोहीप्रति त्यती विश्वास आउँदैन” ।
आफनो आमाले भोगेका दिनहरु देखेर नै बिवाहका लागि झट्टै सोच्ने हिम्मत नआएको उनको भनाई छ । उनी भन्छिन् “अहिले म आफनो काममै फोकस छु” । यतिबेला ‘रामकहानी’ को प्रमोसनमा व्यस्त पुजा फिल्मलाई लिएर निकै आश्वस्त छिन् । करिब २ करोडको लगानीमा निर्माण भएको यो फिल्म भदौ २२ मा रिलिज हुँदैछ ।