लिस्बोन, ७ मे २०१८ ( अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), पोर्चुगलको आयोजनामा राजधानी लिस्वोन स्थित ््ूबेला भिस्टा पार्क््ूमा अनेसास खुल्ला समर वनभोज तथा १५औँ सृंखला रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको राष्ट्रिय धून बजाएर शुरु गरिएको कार्यक्रममा पोर्चुगलकालागि नेपाली अवैतनिक वाणिज्य दूत मकर बहादुर हमालज्युको प्रमुख आतिथ्यता तथा अनेसास पोर्चुगलका अध्यक्ष वाई बि गुरुङज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत स्थानीय पत्रकार,समाज सेवी लगायत पोर्चुगलमा बसोवास गर्ने साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेसास,पोर्चुगल द्वारा मनोनित संरक्षक श्री मकर बहादुर हमालज्युलाई समाजका अध्यक्ष वाई बि गुरुङज्यु द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि समेत रहनु भएका अवैतनिक वाणिज्यदूत मकर हमालद्वारा अन्य मोनित सल्लाहकारज्यूहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
अनेसास,पोर्चुगल द्धारा मनोनित हुने सल्लाहकारहरुमा समाजका पूर्व अध्यक्ष तथा गीतकार तथा साहित्यकार सुनिल सङ्गम बरिष्ठ सल्लाहकार,पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ्ग,वरिष्ठ पत्रकार तथा साहित्यकार राज कुमार दिक्पाल,एनआरएनए,पोर्चुगलका पूर्व अधयक्ष भिम केसी कमल, एनआरएनए,पोर्चुगलका वर्तमान अध्यक्ष कुविर कार्की तथा नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराललाई सल्लाहकारमा मनोनित गरिएको थियो ।

पहिलो औपचारिक कार्यक्रममा पोर्चुगलमा सकृय संघ सस्थाहरुको तर्फबाट एनआरएनए,पोर्चुगलका अध्यक्ष कुबिर कार्की, पोर्चुगलका नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ तथा कार्यक्रमका प्रमुख अतिथि तथा समाजका नव नियुक्त संरक्षक मकर बहादुर हमाल लगाएतका बक्ताहरुले नेपाली साहित्य समाज पोर्चुगलको इतिहास र वर्तमानका बारेमा बोल्नु भएको थियो भने औपचारिक कार्यक्रमको पहिलो शत्रको कार्यक्रम समापन समाजका अध्यक्ष तथा कार्यक्रम सभापति वाई बि गुरुङ्गज्यूले कविता प्रस्तुत गर्दै गरेका थिए ।
उक्त पहिलो शत्रको औपचारिक कार्यक्रम समाजकी सचिव सबी श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको दोस्रो चरण अन्र्तगत रचना वाचन कार्यक्रम गरिएको थियो ।
दोस्रो शत्रको रचना वाचन कार्यक्रममा साहित्यकार तथा अनेसास, पोर्चुगलका बरिष्ठ सल्लाहकार सुनिल सङ्गम, सल्लाहकार कुविर कार्की, समाजका अध्यक्ष वाई बि गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल जिज्ञासु, उपाध्यक्ष कमल सापकोटा, सचिव द्धय सवी श्रेष्ठ र विनोद स्पन्दन, कोषाध्यक्ष सञ्जय लामा, सह—कोषाध्यक्ष श्याम सुवेदी,सदस्य निर्मला ढकाल, प्रेम चन्द्र भण्डारी लगाएत पोर्चुगलमा रहेका दर्जन भन्दा बढी साहित्यकारहरुले आफ््नो रचना प्रस्तु गरेका थिए ।
कार्यक्रमको दोस्रो शत्रको कार्यक्रम समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण कडेल जिज्ञासुले सञ्चालन गरेका थिए ।

बार्बिक्यू तथा विभिन्न खानाको परिकार समेतको व्यवस्था गरिएको उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।